हेटौंडाः पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ७ सय ६७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५५ हजार २ सय २३ रहेको छ ।
कोरोना भाइरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ भने ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २ सय ३, शनिबार १ सय ८७ र आइतबार १ सय ४५ जना रहेको थियो ।
पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५३ पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ जना र ४ सय ३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।
जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा १ हजार २ सय ५९ जना र भेन्टिलेटरमा ४ सय जना रहेका छन् ।