हेटौंडाः नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा उहाँहरुले देखाउनुभएको बाटोमा अविराम लागिरहने प्रतिबद्धता बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएको छ । उनीहरुको २८ औं स्मृति दिवसको सन्दर्भमा देश र जनताको हितको लागि उहाँहरुले पुर्याउनुभएको अमुल्य योगदानको स्मरण गर्दै उहाँहरुप्रति मुख्यमन्त्री डोरमणि पौडेलले श्रदाञ्जली ब्यक्त गर्नुभएको छ ।
वि.सं. २०५० साल जेठ ३ गते पोखराबाट फर्कनेक्रममा चितवनको दासढुङगामा रहस्यमय जीप दुर्घटनाबाट उहाँहरुको मृत्यु भएको थियो । जनताको नेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको रहस्यमय जीप दुर्घटनाबाट नेपाली कम्युनिष्ट आन्दोलनले अपुरणीय क्षति ब्यवहोर्नुपरेको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।
जननेता भण्डारी हामी माझ नभएपनि उहाँबाट प्रतिपादित जबजले हामी सबैलाई मार्गदर्शन गरिरहेको उहाँले बताउनुभयो । यस्तै कुशल संगठक आश्रित हामीसंग नभएपनि जनतामा आधारित बलियो संगठानिक आधार, जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ताहरु भएको पार्टि नेकपा एमाले जीवन्त भएको पौडेलले बताउनुभयो ।
जबजको आलोकमा समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न पार्टिको सम्पुर्ण शक्ति केन्द्रीकृत गर्न सक्दा आउने सकारात्मक परिणामले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप बलियो र भरोसायोग्य बनाउनेछ । गुटफुट होईन, एकताबद्ध, बलियो र भरोसा योग्य कम्युनिष्ट आन्दोलनबाट मात्र जननेता भण्डारी र कुशल संगठन आश्रितले देख्नुभएको सपना पुरा हुन सक्ने मुख्यमन्त्री पौडेलकोे भनाई छ ।