फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा कोरोना भाइरस परीक्षणका लागि शनिबार १ सय ३२ जनाको स्वाब नमुना संकलन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईकाअनुसार विहान ६ बजेदेखि ८ बजेसम्म स्वाब संकलन गरिएको हो ।