हेटौैंडाः काठमाडौंबाट हेटौैंडा अस्पतालको लागि अक्सिजन कन्सन्ट्रेटर आइपुगेको छ । अस्पतालमा अक्सिजन अभाव भएसँगै आज शुक्रबार हेलिकप्टर मार्फत ८ वटा कन्सन्ट्रेटर अस्पतालमा आएको हो । कन्सन्ट्रेटरले प्रतिमिनेट १० लिटर अक्सिजन सप्लाई गर्नेछ ।
विद्युतको माध्यमबाट चल्ने हुनाले अक्सिजन पाइपलाइन पुगेको बेडसम्म मात्रै सो सुविधा पुग्ने अस्पताल संचालन समितिका सदस्य हिरा तामाङले बताउनुभयो ।
यस्तै हेटौंडा अस्पतालमा सेनाले पनि २० अक्सिजन सिलिण्डर ल्याएको छ । परवानीपुरबाट आज दिउँसो सेनाले आफ्नो गाडिमा सिलिण्डर ल्याएको हो । यस्तै थप ५० थान अक्सिजन सिलिण्डर बारा जिल्लाबाटै आइपुगेको तामाङले बताउनुभयो । अस्पतालमा आजलाई अक्सिजन पुग्ने उहाँले जानकारी दिनुभयो ।