हेटौंडाः हेटौैंडा अस्पतालमा काठमाडौंबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइदैछ । अस्पतालमा अक्सिजन अभाव भएसँगै ८ वटा कन्सन्ट्रेटर अबको केही घण्टामै अस्पतालमा आउने अस्पताल संचालन समितिका सदस्य हिरा तामाङले बताउनुभयो । प्रतिमिनेट कन्सन्ट्रेटरले १० लिटर अक्सिजन सप्लाई गर्नेछ ।
विद्युतको माध्यमबाट चल्ने हुनाले अक्सिजन पाइपलाइन पुगेको बेडसम्म मात्रै सो सुविधा पुग्ने उहाँले बताउनुभयो । अबको केही बेरमा हेटौंडाको हुप्राचौरमा कन्सन्ट्रेटर ल्याएको हेलिकप्टर ल्याण्ड हुनेछ ।
हेटौंडा अस्पतालमा सेनाले २० अक्सिजन सिलिण्डर ल्याएको छ । परवानीपुरबाट आज दिउँसो सेनाले आफ्नो गाडिमा सिलिण्डर ल्याएको हो । यस्तै थप ५० थान अक्सिजन सिलिण्डर बारा जिल्लाबाटै आइपुगेको उहाँले बताउनुभयो । अस्पतालमा आजलाई अक्सिजन पुग्ने उहाँले जानकारी दिनुभयो ।