हेटौंडाः मकवानपुरमा शनिबार १ सय ८२ जनाको स्वाब नमूना संकलन भएको छ । कोरोना परीक्षण गर्न विहान १८२ जनाको स्वाबको नमूना संकलन गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
आर.टि.पी.सी.आर विधिबाट गरिएको परिक्षणमा १ सय ४२ जनामा कोरोना संक्रमित देखिएको चौलागाईले बताउनुभयो । मकवानपुरमा कोरोना भइरस संक्रमण दर ७८ प्रतिशत भएकोले जटिल अवस्था रहेको बताउनुभयो । जुन बालबालिका ६ जना र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक ४ जना रहेको चौलागाईले जानकारी दिनुभएको छ ।