हेटौंडाः हटौंडा अस्पतालमा बिहीबार २७ जना गम्भिर प्रकृतिका कोभिड–१९ संक्रमितहरुको उपचार भइरहेको छ । १८ जना हाइ डिपेन्डेन्सी (एचडियू) बेडमा र ९ जना आइसियू बेडमा उपचाररत रहेको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफलेले बताउनुभयो ।
उनीहरु मध्ये ४ जनालाई उच्च अक्सिजनको सहायतमा उपचार गरिदै छ भने एक जना भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । यसैगरी लक्षण देखिएका संक्रमितहरु २९ जना गौरिटार आइसोलेसनमा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।