हेटौंडाः मकवानपुरको दुई अदालतमा एक न्यायाधीशसहित १० जना कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित उच्च अदालत पाटन, हेटौंडा इजलासका ६ जना कर्मचारी, जिल्ला अदालत मकवानपुरको एक न्यायाधीश र ४ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतले सुचना जारी गर्दै देशभरमा २२ जना न्यायाधीश र १ सय ३९ जना अदालतका कर्मचारीमा कोभिड संक्रमण भएको जनाएको छ ।