हेटौंडाः हेटौंडा अस्पतालको कोभिड वार्डमा संक्रमितको चाप बढेपनि बेड भरिएको छैन । यसबिच अस्पतालको कोभिड–१९ उपचार कक्षमा बेड भरियो भन्ने भ्रामक कुरा बाहिर आए पनि त्यो सत्य भने होइन । मंगलबार दिउँसो २ बजेसम्म हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा १३ जना गम्भिर संक्रमितहरु उपचाररत छन् ।

अस्पतालको कोभिड–१९ उपचार कक्षमा २० एचडियू बेड रहेका छन् । हेटौंडा अस्पतालले संम्भावित बेड अभाव हुन नदिन अस्पतालको आइसियू र एचडियू वार्डलाई कोभिड वार्डको रुपमा संचालनमा ल्याएको छ । अस्पतालले ५० जनासम्म कोभिडका बिरामीलाई उपचार दिन सक्ने अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफलेले बताउनुभएको छ । पछिल्लो समय तराईका पनि उपचार गर्न आइरहेको र उपचार पछि डिस्चार्ज भएर जानेहरुको संख्या पनि भएको उहाँले बताउनुभयो । अस्पतालले हाललाई आकस्मिक र प्रसुती सेवा बाहेक अन्य ओपिडी सेवा बन्द गरेको छ ।