हेटौंडाः मंगलबार दिउँसो साढे १२ बजेको समयमा बारा जिल्लाका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । यो सँगै हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा गएको ३ दिनमै पाँच जनाको मृत्यु भएको छ ।
यसअघि मंगलबार बिहान एक महिलाको मृत्यु भएको थियो । अहिले हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा १३ जना गम्भिर संक्रमितहरु उपचाररत छन् ।