हेटौंडाः मकवानपुरमा आज ७६ जनामा कोभिड–१९ पुष्टि भएको छ । ५७ जनाको पिसिआर र १९ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो । आज दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार जिल्लामा ४७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा ४० जनाको कोभिड–१९ को कारण मृत्यु भएको छ भने अहिलेसम्म ३९ सय १३ जना डिस्चार्ज भइसकेका छन् ।

७ सय ४० जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सामान्य लक्षण देखिएक १९ संक्रमित गौरिटार आइसोलसनमा बसेका छन् भने १३ जना गम्भिर संक्रमित हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत छन् ।