हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा कडाइ गर्न थप प्रहरी परिचालन भएकोे छ । मंगलरबाबाट प्रहरीले बजार क्षेत्र प्रवेश गर्ने नाका चौकिटोल, क्याम्पाडाँडा, कर्रा, थानाभर्‍याङसँगै बजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ ।

चौकिटोलको ओरालोमा प्रहरीले चेकिङमा कडाई गरेको छ । अनावश्यक रुपमा बाहिर हिड्डुल गर्नेलाई प्रहरीले फकाईदिएको छ । यसैगरी सिमाचोकमामा पनि प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी निषेधाज्ञामा परिचालन भएका छन् ।