प्रतिक्षा बराल कक्षा–५ ख, नवोदय शिशु सदन

९ महिना कोखमा राखी संसारमा ल्याउनु भो
दुःख र पीडा सहेर पनि हुर्काउनु बढाउनु भो

आमाको माया घाम र छाया
संसारमा छरिन्छ
सम्झेर आउँदा मायाको पोको
मनमा भरिन्छ

मनमा पीडा बोकेर पनि सन्तानमा माया छ
संसारको दुःख भुलेर पनि ओठमा मुस्कान छ

मनमा मेरो आमाको छाया
हिमाल झैँ टलल
दुःख र सुख दुवैमा आमा
बत्ती झैँ झलल