हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले तीनै तहको सरकार सँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । आज मकवानपुरका पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले कोभिड–१९ रोकथाम र नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले अहिलेको स्थितमा कसरी बच्ने र बचाउँने महत्वपूर्ण विषय रहेको भन्नुभयो ।
कोभिड–१९ को कारण शिक्षामा परेको समस्यालाई पनि सम्बोधन गर्ने आवश्यक भएको उहाँले बताउनुभयो । शहरका विद्यार्थीहरुले अनलाइन कक्षा पढ्न पाए पनि बागमती प्रदेशको गाउँका, पहाडी भेगका विद्यार्थीहरुले त्यस्तो सेवा नपाएको उहाँले बताउनुभयो । कोभिड–१९ पछि शिक्षालाई दोस्रो महत्व दिने मन्त्री बस्नेतले भनाई राख्नुभयो । यसैगरी छिट्टै प्रदेशको मन्त्रिपरिष्दको बैठक बस्ने र बैठकमा कोभिड–१९, शिक्षा कै विषय उठान गर्ने उहाँको योजना छ ।
सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले भने नेपालमा अहिलेको अवस्थमा कोभिड–१९ बढेमा अबको २ महिनापछि राज्यले त्यसलाई धान्नै नसक्ने आंकलन गरिएको बताउनुभयो । उहाँले मास्क लगाउन आम नागकिरलाई सुचना प्रवाह गर्दा त्यो सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँले कोरोना रोकथाम र नियन्त्रण गर्न सामान्य मास्क लगाउने, दुरी कायम गर्ने महत्वपूर्ण कुरा रहेको बताउनुभयो । पत्रकारहरुले मन्त्री र राज्यमन्त्रीलाई सुचना सम्प्रेषणमा एकरुपता तथा मिडिया मैत्री बन्न सुझाव दिएका छन् । यसैगरी कोभिड–१९ को कारण धेरै मिडिया संस्थाहरु बन्द हुने स्थितीलाई जोगाउन केही राहत प्याकेज ल्याउन पनि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।