हेटौंडाः मकवानपुरमा बुधबार बिहान ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३९ जनाको कोरोना पिसिआर परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडाका ५६ जना, मकवानपुरगढीका एक जना, भीमफेदीका २ जना र बारा घर भई मकवानपुर बस्दै आएका एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै हालसम्म हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा ८ जनाले उपचार गराइरहेका छन् । उनीहरुमध्ये ४ जना अक्सिजनको भरमा र ४ जना गम्भिर अवस्थामा रहेका कोरोना संक्रमितहरुको उपचार भइरहेको हेटौंडा अस्पतालका चिकित्सक डा.सागर काफ्लेले जानकारी दिनुभयो ।