हेटौंडाः बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको स्रोतले जानकारी दिएको छ । मन्त्री र राज्यमन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन । आजै दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउँने समय मिलाइएको छ ।