हेटौंडाः प्रहरीले बागमती प्रदेशको ८ सय ६३ बिगाह १५ कट्ठा ५ धुरमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । ०७७ साल बैशाख देखि चैत्र सम्म एक वर्षको अवधिमा प्रहरी गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
यस्तै एक सय ३ बिगाह १६ कट्ठा १३ धुरमा लगाइएको अफिम खेती पनि प्रहरीले फडानी गरी नष्ट गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बागमती प्रदेशमा २ हजार ७ सय ४२ जना प्रहरी परिचालन गरेर सो परिणाममा लागूऔषध खेती फडानी गरी नष्ट गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त लामाले जानकारी दिनुभयो ।