हेटौंडाः मारवाडी एसोसियशन मकवानपुरको पदस्थापन भएको छ । एसोसियशनले शनिवार एक कार्यक्रमको आयोजना गरी नवनियुक्त कार्यसमितिलाई पदस्थापन गराएको हो ।

एसोसियशनको २५ औं साधारणसभा र ११ औं अधिवेशनबाट अध्यक्षमा पवन अग्रवाल निर्वाचित हुनुभएको थियो । यस्तै एसोसियशनको भातृ संगठन मारवाडी महिला मञ्चको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । नेहा चनानीको अध्यक्षतामा मारवाडी महिला मञ्चको ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नवनियुक्त कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि एसोसियशनका पूर्वअध्यक्ष जगदिशप्रसाद चाचानले पदस्थापन गराउनुभएको थियो ।