हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गरिरहेको पल्पसा सदनको निर्माण कार्य पूरा गर्न व्यवसायीहरुबाट सहयोग जुट्ने क्रम जारी छ । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो नियमित आम्दानीको स्रोत जुटाउन पल्पसा सदन निर्माण गरिरहेको छ ।
पल्पसा सदन निर्माणका लागि व्यवसायी दीपचन्द्र अग्रवालले एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ । सोमबार संघका अध्यक्ष कृष्ण कटुवाललाई अग्रवालले सहयोग रकम नगदै हस्तान्तरण गर्नुभएको छ । यसअघि गत बिहीबार व्यवसायी एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । पल्पसा सदन निर्मँणको कार्य अन्तिम चरणमा पुगिसकेको छ ।