हेटौंडाः मारवाडी एसोसिएसन मकवानपुरको अध्यक्षमा पवन अग्रवाल चयन हुनुभएको छ । शनिबार सम्पन्न २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट एसोसिएसनको ९ सदस्यीय समिति चयन भएको हो । एसोसिएसनको सदस्य पदमा ८ जना सर्वसम्मत चयन भएका थिए भने अध्यक्षमा निर्वाचन भएको थियो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल १ सय ५४ मत खसेकोमा २ मत बदर हु“दा पवन अग्रवालले १ सय मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्षका आकांक्षी राजेन्द्र तायलले ५२ मत मात्रै प्राप्त गर्नुभयो । एसोसिएसनको सदस्यमा दीपक चाचान, अजय अग्रवाल, सुनिल सिंघल, दिपेश चाचान, राजेश अग्रवाल, रवि अग्रवाल, आनन्द अग्रवाल र अशोक जाटिया चयन हुनुभएको छ । अध्यक्षसहित ९ सदस्यीय समिति चयन भएपछि निर्वाचित सदस्यहरुमध्येबाटै एसोसिएसनको पदाधिकारी चयन गरिने अध्यक्ष अग्रवालले जानकारी दिनुभएको छ ।
मकवानपुरमा मारवाडी समुदायाको हकहितका लागि स्थापित मारवाडी एसोसिएसनको हेटौंडा–४, स्कूलरोडमा व्यावसायिक कम्प्लेक्स रहेको छ । व्यवसायी समुदायको रुपमा परिचित मारवाडी समुदायले आफ्नो समुदायको सांस्कृतिक पक्षको प्रवद्र्धनमा पनि महत्वपूर्ण कार्य गर्दै आएको छ ।