हेटौंडाः सर्लाही जिल्लामा जारी पाँचौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको आज सोमबार हुने फाइनलमा पिप्ले युवा क्लब हेटौंडाले आयोजक बागमती नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।

१० लाख १ हजार पुरस्कार राशि रहेको प्रतिोगितामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजकले एपीएफलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेपछि पिप्लेले फाइनल भिडन्तमा आयोजकको सामना गर्ने भएको हो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई २–० र सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसियसन (क्यामरुन) लाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

३ जना विदेशी खेलाडीसहित पिप्ले युवा क्लब उपाधि जित्ने लक्ष्यका साथ अमीर श्रेष्ठको कप्तानीमा मैदान प्रवेश गर्ने प्रशिक्षक सुविन घिमिरेले बताउनुभयो । विदेशी २ टोलीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको उपविजेता टिमले नगद ५ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर वाइक प्राप्त गर्नेछन् ।