मकवानपुर जिल्ला अदालत

हेटौंडाः जिल्ला अदालत मकवानपुरले बिहीबार १० वटा मुद्धा फैसला गरेको छ । बिहीबारका लागि तोकिएकाो २६ वटा मुद्धाको पेशीमध्ये १० वटा मुद्धा फैसला गरेको हो । अदालतले १३ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित भएको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ५ वटा मुद्धाको पेशी तोकिएकोमा ४ वटा मुद्धाको फैसला भएको छ भने एउटा मुद्धाको आदेश जारी भएको छ । न्यायाधीश कमलराज विष्टको इजलासमा ७ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ भने ४ वटा मुद्धाको आदेश जारी भएको छ ।

यस्तै न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाको फैसला भएको छ । श्रेष्ठको इजलासले ५ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा एउटा मुद्धा फैसला भएको छ । अधिकारीको इजलासमा परेका ४ वटा मुद्धाको आदेश जारी भएको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो ।