हेटौंडाः हेटौंडा–५, भैरहवरोडस्थित साहित्य संगमको सभाहलमा शुक्रबार हास्यव्यङ्ग्य कृतिको विमोचन हुँँदैछ । हास्यव्यङ्ग्यकार आरसी रिजालले लेख्नुभएको कृतिमाथि चर्चा पनि हुनेछ ।

रिजालको हास्यव्यङ्ग्य कृतिमा ११८ पृष्ठ छन् । सामाजिक र राजनीतिक विकृति तथा वर्तमान समयमा देखिएको जल्दाबल्दा समस्यालाई समावेश गरी रोचक ढंगले आफ्नो कृतिमा प्रस्तुत गरिएको लेखक रिजालले बताउनुभयो ।

रिजालले यसअघि ४ वटा कृतिहरु बजारमा ल्याइसक्नुभएको छ । ५ औं कृतिका रुपमा शुक्रबार हास्यव्यङ्ग्य कृतिको विमोचन हुँँदैछ । रिजालको यसअघि कुकुरको पुच्छर, हाँँसिनको खप्पर, कण्ठ लंगौटी (टाई) र खोखोखो कृतिहरु प्रकाशनमा आएका छन् । शुक्रबार विमोचन हुने पुस्तकको मूल्य व्यक्तिगत २ सय ५० रुपैयाँँ र संस्थागत पाँँच सय रुपैयाँँ राखिएको लेखक रिजालले जानकारी दिनुभयो ।