रोटरी क्लब अफ मकवानपुरले हस्तान्तरण गरेको खाद्यान्न सामग्री ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले हेटौंडा–५ स्थित बालसंरक्षण गृह हाम्रो घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । रोटरी क्लबको वार्षिक कार्यक्रमअन्तर्गत शुक्रबार बिहान ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको हाम्रो घरलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।

खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा सहभागीहरु ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीको अध्यक्षता तथा अर्किड रिसोर्ट एण्ड मोटेल एभोकाडोका सञ्चालक भागीरथ शर्माको प्रमुख आतिथ्यमा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम भएको हो । खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोटरी क्लब अफ मकवानपुरका उपाध्यक्ष सुन्दर कुमार जोशी, सचिब कृष्ण बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

यसअघि रोटरी क्लबले हेटौंडा–९ स्थित मानवसेवा आश्रम र हेटौंडा–११ स्थित मामाघर नेपाललाई पनि खाद्यान्न सामग्री सहयोग गरेको थियो भने हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयलाई पुस्तक सहयोग गरेको थियो ।