हेटौंडाः मकवानपुरमा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा शुक्रबार जाउलाखेल युथ क्लब र अफ्रिकन रुट एसोसिएसनले पहिलो सेमिफाइनल खेल खेल्दैछन् ।

आजको खेलको विजेताले अब चैत्र २३ गते थ्रीस्टार र बागमती युवा क्लब सर्लाहीको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ । थ्रीस्टार र बागमती युवा क्लबको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार हुनेछ ।

चैत्र १३ गतेबाट सुरु भएको चौथो बागमती गोल्डकपमा १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।