हेटौंडाः जिल्ला अदालत मकवानपुरले बुधबार ७ वटा मुद्धा फैसला गरेको छ । बुधबारका लागि तोकिएको २६ वटा मुद्धाको पेशीमध्ये ७ वटा मुद्धा फैसला भएको हो । अदालतले १६ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित गरिएको छ ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धा फैसला भएको छ भने ४ वटा मुद्धाको आदेश जारी भएको छ । न्यायाधीश कमलराज विष्टको इजलासमा परेको ६ वटा मुद्धाको पेशीमध्ये एउटामात्र मुद्धाको फैसला भएको छ । इजलासले ५ वटा मुद्धाको आदेश जारी गरेको छ । यस्तै, न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ । इजलासले भने एउटा मुद्धाको आदेश जारी गरेको छ भने दुईवटा मुद्धाको पेशी स्थागित भएको छ ।
न्यायाधीश सीता शर्मा आधिकारीको इजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा एउटा मुद्धाकोे फैसला भएको छ । इजलासले ६ वटा मुद्धाको आदेश जारी गरेको र एउटा मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । बिहीबारका लागि जिल्ला अदालत मकवानपुरले २२ वटा मुद्धाको पेशी तोकेको अदालतका श्रेस्तेदार भट्टराईले बताउनुभयो ।