हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरुले नाम फिर्ता लिएका छन् ।
मंगलबार माधव नेपाल समुहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्ण हरि खड्काले जानकारी दिए ।
उनीहरुले आज नाम फिर्ता लिने खबर आएको सचिव खड्काले बताए । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।
गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।