हेटौंडा–१२, रमनटारस्थित जनप्रिय सामुदायिक वनमा लागेको डँढेलो सोमबार राती नियन्त्रणमा लिने प्रयास गर्दै स्थानीय उपभोक्ता ।

हेटौंडाः हेटौंडा–१२, रमनटारस्थित जनप्रिय सामुदायिक वनमा लागेको डँढेलो सोमबार राती नियन्त्रणमा लिइएको छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र वन समूहका सदस्य रहेको उपभोक्ताको पहलमा सोमबार अबेर राती डँढेलो नियन्त्रणमा लिइएको हो ।

करिब ९ हेक्टर क्षेत्रफल भएको सामुदायिक वनको करिब ६ हेक्टर क्षेत्रफल डँढेलोले क्षति पुर्‍याएको जनप्रिय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर थापा मगरले जानकारी दिनुभएको छ । राप्तीखोलातर्फको सिमानाबाट डँढेलो लाग्न सुरु भएपछि राती करिब ९ बजेबाट डँढेलो नियन्त्रण गर्न सुरु गरी राती १२ बजेतिर डँढेलो नियन्त्रणमा लिइएको अध्यक्ष मगरको बताउनुभयो । ५ सय उपभोक्ता रहेको वन अहिले डँढेलोमुक्त बनेको छ ।