हेटौंडाः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा सञ्चालन भएको विपद् न्यूनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम समापनको अवसरमा आगोलागीको जोखिम न्यूनिकरण सम्बन्धी प्रदर्शनी गर्दै बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीहरू ।
शुक्रबार सम्पन्न भएको तालिमका बेला कृत्रिम रुपमा आगलागीको घटना सिर्जना गरेर आगलागीको जोखिम नियन्त्रणको अभ्यास गरिएको हो । बागमती प्रदेशका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका प्रतिनिधिको सहभागितामा विपद् न्यूनीकरणसम्बन्धी प्रशिक्षक प्रशिक्षणको तालिम आयोजना गरिएको हो ।