हेटौंडाः जापान सहयोग नियोग (जाईका) को सहुलियत ऋण सहयोगमा निर्माण भएको हेटौंडा–९ स्थित प्रगति माविको नयाँ भवन हस्तान्तरण भएको छ । ४ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन शनिबार हस्तान्तरण गरिएको प्रगति माविका शिक्षक ज्योति न्यौपानेले जानकारी दिनुभएको छ ।
१२ वटा कोठाको तीन तल्ले भवन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको सभाध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकको पनि उपस्थिति रहेको थियो ।