हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा–५, शान्तिनगरमा आयोजित शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएका छन् ।
निशुल्क स्वास्थ्य शिविरमा मधुमेह र उच्च रक्तचापको जाँच गरी आवश्यक परामर्श सेवा तथा औषधी वितरण गरिएको सहकारीको सञ्चालक समिति सदस्य सुशील घिमिरेले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन कार्यक्रम सहकारीकी अध्यक्ष जानकी चौधरीको सभाध्यक्षता तथा हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको हो । स्थानीय जनप्रवाह युवा क्लबको सहयोगमा आयोजित शिविरको संयोजन यमबहादुर श्रेष्ठले गर्नुभएको थियो ।