गुगल तस्बिर ।

हेटौंडाः छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो चरणको जोखिम देखिएकाले होली पर्व र नयाँ वर्ष पनि घरमै मनाउन प्रशासनले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले समेत भिडभाड हुने कार्यहरु नगर्न र सामाजिक दुरी कायम गर्न अपिल गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सार्वजनिकरुपमा होली नखेल्न आग्रह गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कोरोना संक्रमण फैलन नदिन होली, नयाँ वर्ष तथा अन्य चाडपर्व पनि घरमा मनाई भिडभाड नगर्न र नगराउन अनुरोध गरेको छ । प्रशासनले होली घरमै मनाउन र सामाजिक दुरीको कायम गरी दैनिकरुपमा मास्क लगाउन, साबुनपानीले हात धुन र सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।