हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट यही चैत्र २६ र २७ गते हेटौडाको हुप्रचौरमा हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले नगर छनौट चैत्र २६ र २७ गते गर्ने निर्णय गरेको हो ।
प्रत्येक पालिकाबाट छनौट भई टीम आएपछि जिल्ला प्रतियोगिता हुने गर्दछ । नगरपालिकाको छनौट ढिलो हुने भएकाले जिल्ला प्रतियोगिता पनि प्रभावित भएको छ । २७ गतेदेखि गर्ने भनिएको जिल्ला प्रतियोगिता अब २९ चैतबाट सञ्चालन गरिने मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले निर्धारित सयममै छनौट गर्न नसक्ने भएपछि जिल्ला प्रतियोगिता दुई दिन पछि चैत्र २९ गतेबाट सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।