मागेरै जीवनयापन गरीरहेको राजकुमार प्रजा ।

हेटौंडाः हेटौंडा–११ मा बासोबास गरिरेका राजकुमार प्रजा गाडीको ठक्करबाट अशक्त भएपछि उनको दैनिकी मागेर बितिरहेको छ । माग्ने क्रममा नाराणगढसम्म पुग्ने गरेको भए पनि हेटौंडा घर भएका कारण धेरैजसो हेटौंडा आसपासमा माग्दै हिँड्ने गरेको प्रजाले बताए ।

शारीरिक अशक्तता सँगै मानसिकरुपमा पनि कमजोरजस्तो देखिने प्रजाको एउटा खुट्टा भने चल्दैन । त्यसैले बैशाखीको सहायताले टेकेर सबै ठाउँमा माग्दै हिँडिरहेको हुन्छ । बुबा दलबहादुर प्रजा हुनुहुन्छ भने आमाको मृत्यु भएको छ । करिब ४५ वर्षका प्रजाको विवाह भएको छैन । प्रजाको दुघर्टना हेटौंडा ११ मा भएको हो । दुघर्टनाबाट आन्द्रासमेत निस्केकाले पेट सिलाएको छ । केही पनि काम गर्न नसकेपछि माग्दै हिँड्नु परेको प्रजा बताउँछन् ।

बुबाआमाको दुई सन्तानमध्ये आफू दुघर्टनामा परेर ३ वर्षदेखि अशक्त रहेको जानकारी दिनुभएको छ । उहाँले हालसम्म पनि अपाङ्ग भत्ता उपलब्ध नभएको बताउनुभयो । प्रजाले ५ कक्षा अध्ययन गरेको छ भने आर्थिक अवस्था कमजोर रहेको भन्नुहुन्छ । उपचारको खर्च बस चालकले व्याहोरिए पनि दैनिक जीवन निर्वाह गर्न मागेर बिताएको छ । दैनिक माग्दै हिँड्दा कहिले हजार देखि १५ सय रुपियाँसम्म हुने गरेको छ ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सडक मानवमुक्त क्षेत्र घोषण गरेको अवस्थामा केही न केही शारीरिक अशक्त, दृष्टिविहीनदेखि बालबालिका साथमा आमासमेत बजार क्षेत्रको आसपासमा पैसा माग्दै हिँडेको अवस्था छ । यसमा संघसस्था र सरकारको ध्यानाकर्षण पुग्नु जरुरी देखिन्छ ।