हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबारबाट सेमिफाइनल खेलहरु सुरु हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र मच्छिन्द्र क्लब बिच हुनेछ । यस्तै भोलि बिहीबार नेपाल आर्मी र अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले नकआउट प्रतियोगताको लागि खेल हेर्न दर्शकलाई एक सय रुपैयाँ प्रवेश शूल्क टिकटको मूल्य तोकेको थियो । यस्तै आजबाट सेमिफाइनल खेल हेर्न अब दर्शकले १ सय ५० रुपैयाँको टिकट काट्नुपर्नेछ । आज र भोलि सेमिफाइनलको खेलहरु हुनेछ । यसैगरी फाइनल खेल चैत्र ७ गते शनिबार हुनेछ । फाइनल खेल हेर्न भने दर्शकले ३ सय रुपैयाँको टिकट लिनुपर्ने आयोजकले जनाएको छ ।
खेलको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताल नगद ५ लाख तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ ।