साधारणसभामा सहभागी अतिथिहरु ।

हेटौंडाः मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघ पश्चिम क्षेत्र मनहरीको सातौं साधारणसभा शनिबार भएको छ । भीमफेदी गाउँपालिकाको पर्यटकीयस्थल त्रिखण्डीमा भएको साधारणसभाको उद्घाटन कार्यक्रम संघका अध्यक्ष वेदमणि सेढाईको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यमा भएको थियो ।

साधारणसभाको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका आकांक्षीहरु राजकुमार लामिछाने, कृष्णकुमार गुप्ता अग्रवाल र महेन्द्र राउतलाई पनि आआफ्ना धारणा राख्ने अवसर प्रदान गरिएको थियो । साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदी, मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता रहेको थियो ।