क्लब गठनपछि सामुहिक तस्बिर ।

हेटौंडाः नवोदय साहित्यिक बगैंचा बाल क्लबको अध्यक्षमा अनुषा उप्रेती चयन हुनुभएको छ । शुक्रबार भएको क्लबको पहिलो अधिवेशनबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

दोस्रो कार्यकालका लागि अध्यक्ष उप्रेतीको नेतृत्वमा गठन भएको १३ सदस्यीय क्लबको कार्यसमितिमा सेरोन गिरी उपाध्यक्ष, दर्शना सापकोटा सचिव, ज्यास्मिन पौडेल सहसचिव तथा स्नेहा रिमाल कोषाध्यक्षमा चयन हुनुभएको छ । सदस्यमा रोशनीकुमारी महतो, स्तुति गुरागाईं, सासा अधिकारी, अग्रिम लम्साल, अमिर चौधरी, प्रतीक्षा बराल, दीपर्जन खड्का र श्रेया प्रजापति चयन हुनुभएको छ ।

क्लबका अध्यक्ष इलिसा पराजुलीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि नवोदय शिशु सदनको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरनबहादुर जोशीले साहित्यप्रति विद्यार्थीको उत्साह हुनुले साहित्यलाई माया गर्नेहरु वृद्वि भएको बताउनुभयो । साहित्यले नै समाजलाई रुपान्तर गर्ने भएकाले यसमा विद्यार्थीले सकारात्मक पाटोमा कलम चलाउनुपर्ने अध्यक्ष जोशीले बताउनुभयो । अरु जिल्लाको तुलनामा निकै सक्रिय देखिएको मकवानपुरको साहित्यिक क्षेत्रलाई अझ विकास र विस्तार गर्न विद्यार्थीको सक्रियताले सहयोग पुग्ने भन्दै यसमा साहित्यप्रेमीहरुले पनि थप मिहिनेत गर्दै हौसला दिनुपर्ने अध्यक्ष जोशीले बताउनुभयो ।

कार्यक्रममा शहीद दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा उत्कृष्ट हुनुभएका नवोदय शिशु सदनका प्रिन्स बर्तौला, जीएस निकेतनकी उशाकिरण अधिकारी तथा तुलसी मेहर मेमोरियल माविका प्रमिश रानाभाटलाई पुरस्कार वितरण गरिएको थियो । क्लबका सचिव राजकुमारी महतोले क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको कार्यक्रममा साहित्यकार विनिता कार्की, शिक्षक चन्द्रमणि रिमाल, साहित्यप्रेमी विद्यार्थीहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।