हेटौंडाः जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा बेपत्ता परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा मकवानपुरको दाहाल–नेपाल पक्षले सम्मान गरेको छ । शहीद सप्ताहको अवसरमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्डको स्मृतिमा शहीद सप्ताह मनाउने क्रममा आयोजित समापन तथा सम्मान कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । नेकपा मकवानपुरका सहइन्चार्ज तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानले शहीद परिवारका एक जना तथा बेपत्ता परिवारका १३ जनालाई नगदसहित खादा ओढाएर सम्मान गर्नुभएको छ ।

नेकपा बागमती प्रदेश सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीको विषेश आतिथ्यता थियो । कार्यक्रमा प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), पार्टी जिल्ला कार्यालय सदस्य बद्री लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, ज्ञानसागर भ्लोन, सुमन पाख्रिन, लक्ष्मी माझी, सिर्जना थिङ, बागमती गाउँपालिका अध्यक्ष अरुण बललगायतको आतिथ्यता थियो ।