हेटौंडाः उच्च सरकारी वकिलको कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरको संयुक्त आयोजनामा बिहीबार चन्द्रोदय माविमा समुदायमा सरकारी वकिल विषयमा अन्तरक्रिया भएको छ । उच्च सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो । अन्तरक्रियामा चन्द्रोदय माविका कक्षा ११ र र १२ मा अध्ययनरत ६० जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रममा अपराध नियन्त्रण तथा न्यूनीकरणमा समुदाय, प्रहरीको भूमिकाका बारेमा जानकारी गराइएको थियो । यस्तै विद्युतीय अपराध, मानव बेचबिखन, यौन दूव्र्यवहार, लागूऔषध दूव्र्यसन र यस किसिमको अपराधमा हुने कानुनी कारबाहीका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गरिएको विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले जानकारी दिनुभएको छ ।