चैनपुर (राक्सिराङ): मकवानपुरको राक्सिराङ् गाउँपालिका–५, चैनपुरस्थित गाउँपालिकाको सभाहलमा बुधबार अस्मिता नेपालले राक्सिराङ्को २, ३ र ५ नम्बर वडाका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बालविवाह न्युनीकरण गर्ने उद्देश्यले राक्सिराङ् गाउँपालिकाका गरिब तथा न्यून आर्थिक अवस्था भएको वर्गका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष आरती पाठकले जानकारी दिनुभएको छ । यसअघि पनि राक्सिराङ् गाउँपालिका वडा नम्बर ४ मा २० जना गरिब तथा न्यून वर्गका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । शारीरिक रुपमा, मानसिक रुपमा तथा आर्थिक रुपमा बलियो परिपक्व नभई विवाह गर्दा धेरै समस्या आउने तथा बालविवाहको कारण चाँडै सम्बन्ध विच्छेद हुने र छिटै सन्तान जन्माउँदा शरीरमा समस्या हुने तथा विभिन्न किसिमको रोगहरु देखा पर्ने उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाका सामाजिक शाखा अधिकृत गोविन्द अधिकारीले राक्सिराङ् गाउँपालिकामा विपन्न परिवार धेरै रहेको र जनचेतनाको अभावमा पिछडिएको बताउनुभयो । बालविवाहले हुनसक्ने समस्या बारे बताउँदै बालविवाहकै कारण बहुविवाहको समस्या पनि देखिएको प्रजाको भनाइ थियो ।