गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१६, स्थित रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । स्थानीय ५० वर्षका रामकृष्ण बलामीको शवलाई हेटौंडा अस्पतालमा अहिले पोष्टमार्टम गर्न ल्याइएको छ ।

आज बिहान आफ्नै घरभन्दा नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बलामीको शवको पोष्टमार्टम गर्न हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिनुभयो ।

घटनाको पारम्भिक अनुसन्धानमा पनि के कारणले मृत्यु भएको पत्ता नालगेको भन्दै शवको पोष्टमार्टम भएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरी निरीक्षक गजमेरले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।