खेल सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडा कार्यालयले चौघडा तेक्वान्दो डोजाङलाई ३५ हजार रुपैयाँ बराबरको तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पहलमा खेल सामग्री सहयोग प्राप्त भएको हो ।

वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सोमबार चौघडा तेक्वान्दो डोजाङका प्रमुख दिलिप राजथलालाई खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । खेल सामग्री हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजि रत्न बज्राचार्य, सचिब बिक्रम लामिछानेको पनि उपस्थिति रहेको थियो । खेल सामग्री उपलब्ध गराएकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले वडा कार्यालयबाट प्राप्त सहयोगबाट तेक्वान्दो खेलको विकासमा टेवा पुग्ने जनाएको छ ।