हेटौंडाः सामुदायिक रेडियो, रेडियो निकास र हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको सहकार्यमा हरेक सोमबार साँझ ७ बजे प्रसारण हुने रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ मा माघ २६ गते सोमबार हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा सदस्य इन्दिरा तामाङसँग कुराकानी गरिएको छ ।
बुबा नै जनप्रतिनिधि भएको पृष्ठभूमिमा आफू २०६२ सालदेखि राजनीतिक संगठनमा क्रियाशील हुँदै टोल, विद्यालयमा समेत सहभागी भएर सक्रिय हुँदै गर्दा वडा सदस्यको रुपमा निर्वाचित हुनुभएकी इन्दिरा तामाङलाई जनप्रतिनिधि भएर काम गर्दै गर्दा राजनीतिमा क्रियाशील रहीरहन कुनै समस्या नभएको बताउनुहुन्छ । भुगोलका हिसाबले हेटौंडा उपमहानगरकै विकट क्षेत्रको रुपमा रहेको १९ नम्बर वडामा जनताको घरसम्म एम्बुलेन्स जानेसम्मको सडक निर्माण गर्न सफल भएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारको समेत साथ भएको भए अझ राम्रो काम गर्न सक्ने अवसर रहेको उहाँको भनाइ छ ।
२०७४ साल बैशाख ३१ गते भएको निर्वाचनबाट महिला कोटामा वडा सदस्य निर्वाचित हुनुभएकी तामाङ आगामी दिनमा खुला र माथिल्लो पदमा समेत उम्मेदवार हुने साहस बढेको तामाङ बताउनुहुन्छ । वडालाई पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्दै वडावासीको आयआर्जनमा सहयोग पुर्याउन सक्नु महत्वपूर्ण उपलब्धी भएको औँल्याउनुहुँदै वडामा दुई वटा स्वास्थ्य इकाई स्थापना गर्नु अर्को महत्वपूर्ण उपलब्धी भएको बताउनुहुन्छ ।
रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ मा वडा सदस्य इन्दिरा तामाङसँग रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी सोमबार साँझ ७ बजेबाट सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।