सांकेतिक तस्विर ।

हेटौंडाः बैंकिङ कसुरमा फरार मनहरी–६ का ३५ वर्षीय विनोद प्रजालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ २५ गते चार लाख १८ हजार दुई सय ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रजालाई ठिक एक वर्षपछि आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रजालाई मनहरी ७ बाट पक्राउ गरेको हो ।

यस्तै वन मुद्दामा १६ दिन कैद भुक्तान गर्न बाँकी रहेर फरार रहेका मनहरी–६ का ३४ वर्षीय सञ्चलाल घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७० साल जेठ १९ गते वन मुद्दामा घलानलाई १६ दिन कैद सजाय तोकेको थियो । घलानलाई प्रहरीले मनहरी–६ बाटै पक्राउ गरेको हो ।