हेटौंडाः जिल्ला अदालत मकवानपुरले आइतबार ९ वटा मुद्दाको फैसला गरेको छ । आइतबारका लागि कुल २९ वटा मुद्दाको पेशी तोकिएकोमा ९ वटा मुद्दाको फैसला गरेको हो । यस्तै, ९ वटा मुद्दाको आदेश जारी गरेको छ भने ११ वटा पेशी भएको मुद्दा स्थगित भएको छ ।

आइतबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ४ वटा मुद्दाको पेशी तोकिएकोमा ४ वटै स्थगित भएको थियो । यस्तै न्यायाधीश कमलराज बिष्टको इलजासमा तोकिएको ९ वटा मुद्दाको पेशीमध्ये ७ वटा मुद्दाको फैसला भएको छ भने एउटा मुद्दामा आदेश र एउटा मुद्दा स्थगित भएको छ । यसैगरी न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ६ वटा पेशी तोकिएकोमा ६ वटै मुद्दामा आदेश भएको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा १० वटा मुद्दा पेशी भएकोमा २ वटा मुद्दाको फैसला, २ वटा मुद्दामा आदेश तथा ६ वटा मुद्दा स्थगित भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

आइतबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठ बिदामा रहेकाले ४ वटै पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । यस्तै सोमबारका लागि जिल्ला अदालत मकवानपुरमा २० वटा मुद्दाको पेशी तोकिएको छ ।