स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

मनुष्यको सत्य आत्मा हुन्छ
त्यो नै जीवनको आधार मानिन्छ
जसले इमानलाई साक्षी राखेर
शान्तिको द्धार खोलेको हुन्छ ।।

जहाँ परम आनन्द हुन्छ
त्यहाँ शान्तिको फूल फूल्छ
आत्मा साक्षी राखेर हेर
ईश्वरको बास स्थान भेटिन्छ ।।

आत्मा ज्ञानले द्धार खोलिन्छ
भित्री हिस्सा अभिनाशी हुन्छ
मानव उत्थान र कल्याणमा
निरन्तर जुटि रहेको हुन्छ ।।

बिना भेदभाव साँचो प्रेममा
अभिनाशी सूर्यको किरणमा
पूरै ब्रह्माण्डमा उज्यालो दिएर
उदाइ रहेछ सूर्य दिशा निर्देशमा ।।

सूर्यको किरण उदाउने मात्र होइन
सँगसँगै अस्ताउँने पनि गर्छ
के त्यो प्राणीको आत्मा होइन ?
मान्छे पनि त जन्मिने र मर्ने गर्छ ।।