गुगल तस्विर ।

हेटौंडाः हेटौंडाको एक होटलबाट शुक्रबार बिहान सरसफाई गर्ने क्रममा पाँचौं तल्लाबाट तल खस्दा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा–४, स्थित क्वीक ट्वान्टी होटलको पाँचौं तल्लाबाट सरसफाई गर्ने क्रममा सावधानी नअपनाउँदा तल जमिनमा खसेको विनोद यादवको उपचारकोे क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रौतहट घर भई क्वीक ट्वान्टी होटलमा कार्यरत ४२ वर्षका विनोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।