तस्बीरः गुगल ।

हेटौंडाः हेटौंडामा फागुन ५ गतेबाट मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४, हुप्रचौरमा हुने हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभएको छ ।

नगर खेलकुद विकास समितिको सोमबार बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । १९ वटा वडाको १९ टिमको सहभागिता रहने प्रतियोगितामा दैनिक २ खेल हुनेछन् । नकआउट प्रणालीमा प्रतियोगिता आयोजना गरिनेछ । शाहीका अनुसार प्रतियोगितामा खेल्ने खेलाडीको ५० हजारदेखि १ लाखसम्मको दुर्घटना बीमा पनि गरिने भएको छ ।