हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा २५ जना थुनुवा रहेका छन् । थुनामा रहने सबै पुरुष छन् । थुनुवा कक्षमा रहेका मध्ये ८ जना मकवानपुर भन्दा बाहिरका नागरिक छन् भने १७ जना मकवानपुर जिल्लाका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ९ जना, राक्सिराङ गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, भीमफेदी गाउँपालिकाका १ जना र थाहा नगरपालिकाका १ जना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
विभिन्न मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी २१ जनालाई हिरासतमा राखिएको हो भने ३ जना फरार प्रतिवादी पक्राउ गरेकाहरु हुन् । यस्तै एकजना सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।