तस्बिर google.com ।

हेटौंडाः मकवानपुर प्रहरीले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१ बस्ने २९ वर्षीय सुदिप भन्ने सुजित लामा, युनिक लामा र मनहरीका गोविन्द तितुङ रहेका छन् ।

सुजित लामा लागूऔषध हिरोइन मुद्दामा १० महिना १७ दिन कैद तोकी फरार रहेका थिए । उनलाई हेटौंडा–१ बाट पक्राउ गरेको हो । गत माघ ४ गते आइतबार चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । लागूऔषध मुद्दामा २ महिना कैद र २ हजार जरिवाना तोकी फरार रहेका युनिक लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले युनिकलाई मंगलबार हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरेको हो । फरार अभियुक्तलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाएको प्रहरीले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योगमा फरार रहेका मनहरी गाउँपालिका–४, मसिनेका गोविन्द तितुङलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएर भीमफेदी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।